दार्चुला । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले गोकुलेश्वर विमानस्थल निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।
शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बसपार्कमा आयोजित नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री आलेले भन्नुभयो, जुन यो दार्चुलाको गोकुलेश्वरमा बनिरहेको इयरपोर्ट, जसको बजेट एकदमै न्यून छ, न्यून बजेट भएकोले यो इयरपोर्टको टर्मिनल भवन, रन वे, टेक्सी वे सम्मको लागि जति बजेटको आवश्यकता पर्छ मन्त्रालयबाट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यस्तै मालिकार्जुन धामको विकासका लागि आवश्यक बजेटको विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुला जिल्ला कमिटी घोषणा गरिएको छ । नौगाड घर भएका बिरबहादुर ठगुन्ना (बिरेन्द्र कुमार ठगुन्ना) को अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटी उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी (प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष) चयन हुनुभएको छ । सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी र बाशुदेब जोशी चयन हुनुभएको छ ।
नेकपा एसका केन्द्रिय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला कमिटीमा चयन भएका सबैलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराउनुभएको हो । अध्यक्ष नेपालसंगै स्थायी कमिटी सदस्य भोनुभक्त जोशी, पोलिटब्युरो सदस्य एबं सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले लगायत नेताहरु गोकुलेश्वर आएका थिए ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया