दार्चुला । नेपाली कांग्रेश दार्चुलाको क्षेत्रीय र जिल्ला अधिवेसन सरेको छ । कात्तिक २७ गते क्षेत्रीय अधिवेसन र मंसिर १ गते जिल्ला अधिवेसन हुने भनिएकोमा लेकम क्षेत्रमा लागेका जात्राहरु र धार्मीक सास्कृतिक गतिविधिलाई मध्यनजर गरेर अधिवेसनको मिति परिवर्तन गरिएको नेपाली कांग्रेश दार्चुलाका क्षेत्रीय प्रतिनिधि एबं नेबि संघ दार्चुलाका सचिव हरि जोशीले बताउनुभयो ।
क्षेत्रीय अधिवेसन मंसिर ४ गते र जिल्ला अधिवेसन मंसिर ७ गते गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । क्षेत्रीय अधिवेसन क क्षेत्रको खलंगा र ख क्षेत्रको गोकुलेश्वरमा हुने बताइएको छ । जिल्ला अधिवेसन खलंगामा आयोजना हुने छ ।
यसैबिच नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । रौतहटको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
क्रियाशील सदस्यमा देखिएको विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो । तर, क्रियाशील सदस्यतामाथि प्रश्न उठाउँदै कांग्रेस रौतहटका केही नेता कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा धर्नामै बसिरहेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया