दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन नजिक आएसंगै दार्चुला र बैतडीमा कांग्रेसका नेताहरु प्रतिनिधिहरुसंग भोट माग्न व्यस्त भएका छन् । दार्चुलाको लेकम क्षेत्रमा जात्राको चहलपहल भएकै कारण अधिवेसन समेत सारीएको छ । २७ गतेका लागि तय भएको क्षेत्रीय अधिवेसन मंसिर ४ गते र मंसिर १ गतेका लागि तय भएको जिल्ला अधिवेसन मंसिर ७ गते गर्ने निर्णय गरिएको कांग्रेश दार्चुलाले जनाएको छ । जात्रामा अधिकासं कार्यकर्ताहरुसंग एकसाथ भेटघाट हुने भएकोले नेताहरु र विभिन्न पदका उम्मेदबारहरु सहयोग गर्न आग्रह गरिरहेका छन् ।
बैतडीमा पनि प्रदेश क्षेत्र तथा जिल्लाको नेतृत्वका लागि दुई अलग अलग टीमले दाबी गरेपछि नेताहरु भोट माग्न व्यस्त भएका हुन् । बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा भईरहेकाले कांग्रेसका नेताहरु भोट माग्न जात्रामै पुगेका छन् । प्रतिनिधिहरुलाई घरघरमा भेट्नु भन्दा जात्रामै सामूहिक रुपमा भेटघाट गर्न सहज हुने भएकाले आफूहरु जात्रामै पुगेको सभापतिका उम्मेद्वार शिवराज भट्टले बताउनुभयो । शिवराज भट्ट नेतृत्वको टीम अहिले जिल्लाको तल्लोसोराड क्षेत्रमा प्रचारप्रसारका लागि पुगेको छ । जात्राका समयमा सबैसंग भेटघाट हुने भएकाले आफूहरुले जात्रामै कांग्रेसका प्रतिनिधिहरुसंग भेटघाट गरेको प्रदेश क्षेत्र (ख) का क्षेत्रीय सभापतिका उम्मेद्वार महेश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले महाधिवेशन केन्द्रित भेटघाटलाई तीव्रता दिएका छौं । सबै साथीहरुलाई हाम्रो टीमलाई सहयोग गर्न आग्रह गरिरहेका छौं ।
यस्तै चतुरबहादुर चन्द नेतृत्वको टीम पनि भोट माग्नमै व्यस्त रहेको छ । जिल्लाका विभिन्न स्थानमा पुगेर कांग्रेसका नेता कार्यकर्ताहरुसंग भोट माग्ने कार्य जारी रहेको सचिवका उम्मेद्वार प्रेमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, हामी प्रत्येक वडामै पुगेर कांग्रेसका नेता कार्यकर्ताहरुसंग भोट मागिरहेका छौं । जिल्लामा बलियो कांग्रेसका लागि हाम्रो टीमले दाबी गरिरहेको हो । त्यसै अनुसार अगाडि बढेका छौं ।
बैतडीमा नेपाली कांग्रेसको जिल्ला नेतृत्वका लागि दुई टीम अलग अलग चुनावी प्रचारप्रसारमा लागेको छ । पूर्वसभापति शिवराज भट्टलाई सभापतिको उम्मेद्वार बनाएर एक टीम अगाडि बढेको छ । सो टीममा वर्तमान सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेद्वार छन् भने रमेशसिंह भण्डारी र कर्णबहादुर बोहरालाई सचिव उम्मेद्वारको रुपमा अगाडि सारेको छ । यस्तै सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई सो टीमले उम्मेद्वार बनाएको छ ।
यस्तै वर्तमान उपसभापति चतुरबहादुर चन्दलाई सभापतिको उम्मेद्वार बनाएर अर्को टीमले पनि चुनावी प्रचारप्रसार गरिरहेको छ । सो टीममा वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय र खगेन्द्रसिंह धामीलाई उपसभापतिको उम्मेद्वार बनाएको छ । यस्तै वर्तमान सचिव प्रेमबहादुर चन्द र देवराज जोशीलाई सचिवको उम्मेद्वार बनाइएको छ । यस्तै सहसचिवमा दिपेन्द्र चन्द र दशरथसिंह चाडलाई उम्मेद्वार बनाइएको छ ।
बैतडीमा नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशन आगामी मंसिर ४ गते हुनेछ भने जिल्ला अधिवेशन मंसिर ६ गते हुने भएको छ । अधिवेशनमा १ हजार ४ सय बढी प्रतिनिधिले भाग लिने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया