खलंगामा एमाले दार्चुलाको जिल्ला कमिटी बैठक बस्दै

दार्चुला । एमाले दार्चुलाको जिल्ला कमिटीको बैठक शनिवार (आज) दिउँसो दार्चुला सदरमुकाम खलंगामा बस्ने भएको छ । महाधिवेसनपछि जिल्ला अधिवेसन गर्ने गरी तयारी भइरहेको नेताहरुले बताएका छन् । जिल्ला अधिवेसनको तयारी र महाधिवेसनका लागि प्रतिनिधि छनोट लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेको महाधिवेसन प्रतिनिधिका लागि दार्चुलामा २४ जनाको उम्मेदवारी परेको छ । ६ हजार ३८१ जना संगठित सदस्य रहेको दार्चुलामा महाधिवेसनका लागि कम्तिमा ११ जना प्रतिनिधि छनोट हुने भएको छन् । शुक्रबार उम्मेदवारी दर्ताको समय रहेकोमा दुई जना दलित, सात जना महिला र १५ जना खुल्ला गरी २४ जनाले उम्मेदवारी दिएका छन् । दुई जना दलित, चार जना महिला र पाँच जना खुल्ला प्रतिनिधि छनोट हुने निर्वाचन मण्डलका संयोजक हिरासिह धामीले जानकारी दिनुभयो । दलिततर्फ दुई जनाको मात्रै उम्मेदवारी परेकोले निर्विरोध हुने बताइएको छ । भने अरु पदहरुमा समेत सहमतिको प्रयास भइरहेको र सहमति नजुटे शनिबार निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिने उहाँले बताउनुभयो ।

नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीसहित २४ जनाको उम्मेदवारी परेपछि सहमतिमै उम्मेदवारी फिर्ताको पहल भइरहेको छ । सहमतिमै प्रतिनिधि चयन गर्नका लागि कम्तीमा पनि तीन जना महिला र १० जना पुरुषले उम्मेदवारी फिर्ता लिनुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधि सहमतिमा छनोट नभए शनिबार दिउँसो ११ बजेदेखि १ः३० बजेसम्म मतदान गरेर २ बजे निर्वाचनको नतिजा सार्वजनिक गरिने संयोजक धामीले बताउनुभयो । महाधिवेसन प्रतिनिधि चयनका लागि हिरासिह धामीको संयोजकत्वमा पदम बडाल र नरेन्द्र कार्की सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नेकपा एमालेले आउँदो महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । एमालेले मङ्सिर १०, ११ र १२ गते चितवनमा हुने दशौँ महाधिवेशनको प्रचार कार्यलाई तीव्र बनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा फरक र नयाँ ढङ्गले महाधिवेशनको प्रचार अगाडि बढाएको र यसपालि कपडाको ब्यानर र भित्ते लेखन नहुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई बढी सक्रिय बनाउने बताउनुभयो ।

महाधिवेसन प्रतिनिधिका लागि दाबी गरेका २४ जनाको सूचि हेर्नुहोस

No description available.

प्रतिनिधि छनोटका लागि यस्तो छ निर्वाचन तालिका

No description available.

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?