दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रदेशसभा क्षेत्र (ख) को प्रथम क्षेत्रीय अधिवेसनको नतिजा सार्वजनिक भएको छ । शनिबार उद्घाटन भएर आइतबार (आज) निर्वाचनमार्फत नेतृत्व चयन भएको हो । स्रोतका अनुसार गोकुलेश्वरमा सम्पन्न क्षेत्र (ख) को अधिवेसनबाट केशब बहादुर सिँह २३९ मत सहित बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी जगत सिहँ ठगुन्नाले १४७ मत प्राप्त गर्नुभएको छ । क्षेत्रीय सभापतीमा निर्वाचित सिंह मार्मा गाउँपालिका वडा नम्बर २ का स्थानीय हुन् ।
क्षेत्रीय सचिवमा २७७ मत ल्याएर युवा नेता जगदिश बिष्ट निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी उदयसिहँ ठगुन्नाले २३७ र धर्म बहादुर खडायतले १२१ मत प्राप्त गर्नुभएको छ । प्रदेश प्रतिनिधिमा अशोक बहादुर सिंह सम्राट ३१३, अशोक सिंह साउद २७७, एकेन्द्र बहादुर पाल २७७, राम दत्त जोशी २२५, दिलिप महता २१३, देवेन्द्र सिंह रोकाय २१२, एनपि जोशी (लाइट) १४३ मत प्राप्त गर्नुभएको छ । सभापती लगायत प्रमुख पदहरुमा सहमती जुटन नसकेपछि दुबै प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको हो । प्रदेश क्षेत्र नम्बर (क) को निर्वाचन खलंगा र (ख) को गोकुलेश्वरमा सम्पन्न भएको थियो ।
प्रदेश क्षेत्र (ख) को उपसभापतीमा लक्ष्मण डागा र डम्बर कार्की, अपांगमा केशव जोशी, सहसचिवमा गणेशदत्त जोशी र मोहनदेब खडायत निर्विरोध निर्वाचित भएका थिए । यस्तै महिला प्रतिनिधि समेत निर्विरोध चयन भएको बताइएको छ । प्रदेश क्षेत्र (क) मा समेत सभापतिसहित चार पदमा निर्वाचन भएको छ । सभापति, सचिव, सहसचिव र प्रदेशसभा अधिवेशन प्रतिनिधि (खुला) पदका लागि मतदान भएकोमा (क) क्षेत्रको मतगणना जारी छ ।
प्रदेश क्षेत्र (क) को सभापति पदका लागि मन्दिर सिह धामी र गणेश सिंह धामीबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तै सचिव पदका लागि हरिदत्त जोशी, जयसिह बोहरा र पुष्कर राज जोशी बिच प्रतस्पिर्धा हुदैछ । सहसचिव पदका लागि कबिता शाही चन्द, कलम सिह धामी, बिरुराम लोहार, राजेशराज पन्त र सन्जा ऐरीबिच प्रतिस्पर्धा भइरहेको छ । उपसभापतिमा भने गोपाल सिह कार्की र बिरा दत्त भट्ट निर्विरोध चयन भएका छन् । प्रदेश क्षेत्र (क) मा मतगणना शुरु भएको छ । ५८७ मतदाता रहेकोमा ५०५ मत खसेको विद्यार्थी नेता दिपक खातीले बताउनुभयो ।
कांग्रेश दार्चुलाको क्षेत्रीय समितिमा सभापती एक, उपसभापती दुई, सचिव दुई र सहसचिव दुई जना रहने प्रावधान रहेको छ । कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया