एमालेको प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई बनाउने सहमति

दार्चुला । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीका दामोदर भण्डारीलाई सर्वसम्मत चयन गरिने भएको छ । सोमबार ललितपुरस्थित सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्ट सहितका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले भण्डारीलाई प्रदेश अध्यक्ष बनाउने सहमति गरेको बताइएको छ ।

भण्डारी दुई पटक प्रतिनिधि सभा सदस्य, संघीय सरकारको अर्थराज्यमन्त्री र बैतडीमा १० वर्ष पार्टीको नेतृत्व समेत गरिसकेकोले प्रदेशको जिम्मेवारी दिइनु पर्ने बताइएको छ । भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

१० औं महाधिवेशन लगत्तै प्रदेश अध्यक्ष बनाउने सहमति भएपछि भण्डारी यसपटक केन्द्रीय सदस्यको उम्मेदवार नहुने स्रोतले बताएको छ । सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १७ जना केन्द्रीय सदस्यमध्ये अधिकांशको सो बैठकमा उपस्थिति रहेको बताइएको छ ।

स्रोतका अनुसार सो बैठक बारे केन्द्रीय उपाध्यक्ष डा. भीमवबहादुर रावल र उहाँ निकट झपटबहादुर रावल र प्रकाशबहादुर शाह सहभागी थिएनन् ।

वर्तमान प्रदेश अध्यक्ष कर्ण थापा केन्द्रिय सचिव पदमा लड्ने भएपछि प्रदेश अध्यक्ष फेर्ने विषयमा छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?