कांग्रेश जिल्ला सभापतिमा ललित बोहरा र अमर धामीको उम्मेदवारी, कसले मार्ला बाँजी?

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी परेको छ । मंगलबार बेलुकी ६ बजेसम्म मनोनयनका लागि दिइएको समयमा बोहरा र धामीको सभापतिका लागि उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । बोहरा काँग्रेस दार्चुलाका वर्तमान सभापति हुन् भने धामी वर्तमान जिल्ला उपसभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर हुन् । दुबैजनाले उम्मेदवारी फिर्ता नलिने अडानका साथ निर्वाचनको तयारी गरिरहेको स्रोतले बताएको छ ।

जिल्ला सभापतिमा ललितसिह बोहरालाई पौडेल पक्षको उम्मेदबारका रुपमा हेरिएको छ । पौडेल पक्षकै भनेर चिनिने उपसभापति अमरसिह धामीले भने यसपटक शेरबहादुर देउवा निकट भएर निर्वाचन लड्ने तयारी गरेको राजनीतिक बृतमा चर्चा चलेको छ । यद्धपी नेताहरुले बाहिरी रुपमा कुन गुटको भनेर खुलासा गरिसकेका छैनन । केन्द्रमा पौडेल सभापति बन्ने माहोल कमजोर बन्न थालेकोले जिल्लाको राजनीतिमा समेत केहि फेरबदल हुनसक्ने नेताहरुको दाबी छ । उम्मेदवारहरुले भने अहिलेसम्म प्यानल बनाउने भन्दापनि व्याक्तिगत रुपमा उम्मेदवारी दिएको बुझिएको छ ।

स्रोतका अनुसार दार्चुलामा विगतदेखि देउवा गुट कमजोर रहेकोमा पछिल्लो समय पौडेल पक्षमा गनिएका केहि नेताहरु समेत देउवा गुटमा नजिकिन थालेका छन् । क्षेत्रीय अधिवेसनमा समेत केन्द्रको राजनीतिक छाया देखिएको स्रोतको दाबी छ । क्षेत्रीय अधिवेसनको मत विश्लेषण अनुसार बोहरा र धामीबिच सभापतिमा निर्वाचन भए कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्धपी मन्त्री बडूले खेल्ने भूमिकाले समेत सभापति को बन्ने भन्ने कुरामा प्रभाव पार्नसक्ने कांग्रेशका जिल्लास्तरीय नेताहरु बताउछन् ।

कांग्रेशको जिल्ला अधिवेशनबाट जिल्लामा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना निर्वाचित हुने व्यवस्था छ । नेपाली कांग्रेश दार्चुलाको उपसभापतिका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापति पदका लागि उमेशसिह खत्री, मानबहादुर बम, महेन्द्रराज जोशी, सन्तोष ऐतवाल, लालसिह धामी, ललितसिह ठगुन्ना, पदमराज पन्त र महादेव बडूले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । यस्तै कांग्रेशको जिल्ला सचिवका लागि माधवराज भट्ट, पुलेन्द्रबहादुर कार्की, उपेन्द्रसिह धामी, महेन्द्रप्रसाद बडू, देवसिह धामी, महेशसिह धामी, बीरबहादुर डडाल गरेर ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि राजेन्द्रप्रसाद जोशी, दिलानन्द जोशी, राजु अवस्थी, सुना बोहरा र सन्तोष दयाली गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयनपत्र फिर्ता लिन उम्मेदबारहरुलाई बुधवार बिहान ९ बजे सम्मको समय निर्धारण गरिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन बुधवार बिहान ९ः३० बजे र मतदान बिहान ११ः३० देखि बेलुकी ५ः३० बजेसम्म हुने छ । कांग्रेशको जिल्ला कार्यसमिति सहमतिमै चयन हुने सम्भावना न्यून रहेकोले सबै नेताहरु प्रतिनिधिहरुसंग सहयोगका लागि आग्रह गर्न तथा भोट माग्नमा व्यस्त रहेको बताइएको छ ।

नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत दार्चुलाको ७ औँ जिल्ला अधिवेशनको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं कानून न्यान तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्धाटन गर्नुभएको हो । खलंगास्थित भावना हलमा सञ्चालित बन्द शत्रमा सहमतिका लागि छलफल भइरहेको छ । यसअघि कांग्रेशले जिल्लाका ६१ वटै वडा, ९ वटै पालिका र २ वटै क्षेत्रीय अधिवेशन सम्पन्न गरी सकेको छ । तल्ला कमिटीहरुमा समेत निर्वाचन भइसकेको र जिल्ला पदाधिकारीमा आकाक्षिं नेताहरु बढी भएकोले सहमतिको सम्भावना नरहेको कांग्रेश दार्चुलाका एक नेताले रेडियो लोकदर्पणलाई बताउनुभयो ।

नेपाली कांग्रेसको केन्द्रिय महाधिवेसन यहि मंसिर २४, २५ र २६ गते काठमाण्डौंमा गर्ने तयारी रहेकोमा नेताहरु जिल्लामा समेत आफु अनुकुलका प्रतिनिधि छनोट गर्न लबिङमा लागेको बताइन्छ । कांग्रेशमा प्रमुख रुपमा देखिएका देउवा र पौडेल गुटमध्ये दार्चुलामा दुबै गुट नजिकका नेताहरु आफुअनुकुल प्रतिनिधि छनोटको कसरतमा लागेका छन् । प्रदेशसभा अधिवेसन अन्तरगत आइतबार सम्पन्न निर्वाचनबाट (क) क्षेत्रमा मन्दिरसिह धामी र (ख) क्षेत्रमा केशवबहादुर सिंह सभापती चयन भएका छन् । तल्ला कमिटीहरुमा दुबै गुटबाट नेताहरु कमिटीमा पुगेकोले जिल्लामा समेत कडा प्रतिस्पर्धा हुने आकलन गरिएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?