दार्चुला । नेपाली कांग्रेश दार्चुलाको नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित जस्तै देखिएको छ । महाधिवेसन प्रतिनिधिको मनोनयन दर्ता भइरहेको छ भने पदाधिकारी र जिल्ला कार्यसमितिका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिका अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् । उपसभापतिमा ८ जना, सचिवमा ६ जना, सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिसहित सदस्य पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएपनि अहिलेसम्म ७ जनाले उम्मदवारी फिर्ता लिन सहमति जनाएको र उम्मेदवारी फिर्ता लिने समय बेलुकी ४ बजेसम्मका लागि थपिएको छ ।
कांग्रेश दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ३५ जना निर्वाचित हुनेछन् । सभापतिमा बोहरा र धामी गरी दुई जनाको मात्रै उम्मेदवारी परेको छ । उपसभापति पदका लागि उमेशसिह खत्री, मानबहादुर बम, महेन्द्रराज जोशी, सन्तोष ऐतवाल, लालसिह धामी, ललितसिह ठगुन्ना, पदमराज पन्त र महादेव बडूले मनोनयन दर्ता गराएका छन् । सचिवका लागि माधवराज भट्ट, पुलेन्द्रबहादुर कार्की, उपेन्द्रसिह धामी, महेन्द्रप्रसाद बडू, देवसिह धामी, महेशसिह धामी, बीरबहादुर डडाल गरेर ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि राजेन्द्रप्रसाद जोशी, दिलानन्द जोशी, राजु अवस्थी, सुना बोहरा र सन्तोष दयाली गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभापतिमा मनोनयन दर्ता गरेका पदमराज पन्त, सचिवबाट रुपेन्द्रसिह धामी, सहसचिवबाट सुना बोहरा, दलित महिला सदस्यबाट द्रोपती लुहार, दुर्गा पार्की, दुर्गा लुहार र सदस्य राजुराम लावडले उम्मेदवारी फिर्ता लिन सहमति जनाएको बताइएको छ ।
बुधबार बिहान ११ः३० देखि बेलुकी ५ः३० बजेसम्म निर्वाचन हुने निर्णय भएकोमा महाधिवेसन प्रतिनिधिको समेत आजै मनोनयन भइरहेकोले आज निर्वाचन हुने सम्भावना न्यून रहेको छ । आज राती वा भोलि मात्रै निर्वाचन हुने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ ।
बेलुकीसम्म सहमतिको प्रयास हुने र सहमति सम्भव नभए निर्वाचनमार्फत जिल्ला कार्यसमिति र महाधिवेसन प्रतिनिधि चयन गरिने कांग्रेश दार्चुलाले जनाएको छ ।
सम्बन्धित समाचार: कांग्रेश जिल्ला सभापतिमा ललित बोहरा र अमर धामीको उम्मेदवारी, कसले मार्ला बाँजी?
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया