मन्त्री बडूसंगै दार्चुलाबाट भट्ट, ऐतवाल र कोलीको पनि कांग्रेश केन्द्रीय कार्यसमितिमा उम्मेदवारी

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय पदाधिकारी र सदस्यमा नेताहरुले दाबि गरेका छन् । नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले काठमाण्डौँको अनामनगर हनुमानस्थानमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेसन लक्षित भेटघाट तथा छलफल चलाउनुभएको छ । मन्त्री बडूले महाधिवेसन लक्षित सम्पर्क कार्यालय स्थापना गरेपनि उम्मेदवारी कुन पदमा दिने भन्ने एकिन नभएकोले औपचारीक प्रचारप्रसार सुरु भएको छैन् । मन्त्री बडूले सहमहामन्त्रीमा आकांक्षा राखेको उनिनिकट नेताहरुले बताएका छन् । यद्धपी पदाधिकारीमा निर्वाचित हुने सम्भावना काम रहेकोले सदस्यमै दोहोरिन समेत केही शुभचिन्तकको सुझाब रहेको स्रोतले जनाएको छ ।

सम्भव भएसम्म पौडेल गुटबाट पदाधिकारी नभए केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी मन्त्री बडूको रहेको उहाँ निकट नेताहरुले बताएका छन् । शुक्रबार (भोलीदेखि) महाधिवेसन सुरु हुने भएपनि पौडेल पक्षले विहिबार बेलुकीसम्म पदाधिकारीमा उम्मेदवारको टुगों लगाउन सकेको छैन् । विभिन्न पदमा आकाक्षिं बढी देखिएपछि सहमति गर्न कठिन भइरहेको छ । कतिपय नेताहरुले सहमति नहुदै सचिवालय बनाएर प्रचारप्रसार थालिसकेका छन् । बर्तमान कांग्रेशको केन्द्रीय कार्यसमितिमा समेत सदस्य रहनुभएका मन्त्री बडूले १४ औँ महाधिवेसनमा सहमति जुटे पदाधिकारीमा उम्मेदवारी दिने र नभए सदस्यमै दोहोरिन प्रयास गर्ने चाहाना राखेको नेताहरुले बताएका छन् ।

मन्त्री बडूबाहेक दार्चुलाबाट गणेशराज भट्ट, बाशुदेब सिह ऐतवाल र गोबर्धन कोलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाली कांग्रेसका युवा नेता गणेशराज भट्टले आसन्न १४ औं महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनुभयो । विद्यार्थी जीवनदेखि नै दार्चुला जिल्लाबाट सक्रिय राजनीति थालेका भट्ट २०५३ सालमा सानो ठिमी क्याम्पसको नेविसंघ इकाइ अध्यक्ष हुनुभएको थियो । २०५५ सालमा उहाँ सोही क्याम्पसमा स्ववियु सभापतिका प्रत्यासी रहनुभयो । नेविसंघ केन्द्रीय कार्य समितिको दुई पटक सदस्य रही उहाँले उपाध्यक्ष हुँदै नेवि संघ कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो । नेपाली कांग्रेशको बौद्धिक युवा नेताको रुपमा परिचित भट्ट दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । नेता भट्ट प्रधानमन्त्री एबं कांग्रेश सभापती शेरबहादुर देउवा निकट मानिनुहुन्छ ।

यस्तै नेपाली कांग्रेश दार्चुलाको निर्वतमान कार्यसमिति सचिव रहनुभएको नेता गोबद्धर्न कोलीले दलित समावेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ । दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएका कोलीका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार थालेका छन् ।

यस्तै नेबिसंघ दार्चुलाका पुर्व जिल्ला सभापति बाशुदेब सिह ऐतवालले समेत अपांगतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउनुभएको छ । ऐतवाल अपांग कोटाबाट केन्द्रीय महाधिवेसन प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।

दार्चुलाबाट २७ जना महाधिवेसन प्रतिनिधि रहेका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसंगै भट्ट, ऐतवाल र कोलीले सामाजिक सञ्जाल र औपचारीक, अनौपचारीप रुपमा शुभचिन्तकहरुले प्रचारप्रसार गरिरहेका छन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?