कानुनमन्त्री बडूद्धारा कांग्रेश केन्द्रीय सदस्यमा उम्मेदवारी

दार्चुला । नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत भृकुटिमण्डपमा शनिबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनय दर्ता सुरु भएको छ । नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनुभएका नेता दिलेन्द्रप्रसाद बडूले खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

रामचन्द्र पौडेल समुहबाट मन्त्री बडूले सहमहामन्त्रीमा उम्मेदवारी दिने प्रयास गरेपनि पदाधिकारीका आकाक्षिं बढी भएपछि सदस्यमै सिमित हुनुभएको हो । पदाधिकारीमा सहमति नजुटेको र जित्ने सम्भावना समेत कम देखिएपछि मन्त्री बडूले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने निर्णयमा पुगेको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । १३ औँ महाधिवेसनबाट समेत केन्द्रीय सदस्य बन्नुभएका मन्त्री बडूले पदाधिकारीमा सम्भव नभएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेसंगै उहाँ निकट नेताहरुले प्रचारप्रसार सुरु गरेका छन् । यसअघि पटकपटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका कानुन मन्त्री बडू २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएको थियो । कानुन मन्त्री बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्रि बन्नु भएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री बन्नुभएका मन्त्री बडू २०६२/६३ सालको जनआन्दोलन पश्चात गठन भएको सरकारको सूचना तथा संचार राज्यमन्त्री बन्नु भएको थियो ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जन्मिनुभएका बडूको जन्म २००९ सालमा भएको बताइएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय सदस्यमा चार जना नेताहरुले दाबि गरेका छन् । मन्त्री बडूले काठमाण्डौँको अनामनगर हनुमानस्थानमा सम्पर्क कार्यालय स्थापना गरेर केही दिनयता महाधिवेसन लक्षित भेटघाट तथा छलफल चलाउनुभएको थियो ।

मन्त्री बडूबाहेक दार्चुलाबाट गणेशराज भट्ट, बाशुदेब सिह ऐतवाल र गोबर्धन कोलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । कोलीले दलित कोटातर्फ, ऐतवालले अपांग कोटातर्फ र भट्टले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइएको छ । भट्ट संस्थापन निकट देखिनुभएको छ भने बडू संस्थापन इतर पक्षमा रहनुभएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?