कानुनमन्त्री बडू कांग्रेशको केन्द्रीय सदस्य निर्वाचित, नेता कार्यकर्ताहरू खुसीयाली मनाउदै

दार्चुला । नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत खुला केन्द्रीय सदस्यतर्फ नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनुभएका नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित हुनुभएको छ। मन्त्री बडू ३५ जना खुला केन्द्रीय सदस्यमा पर्नुभएको हो। मन्त्री बडू केन्द्रीय सदस्यमा निर्वाचित भएसंगै कांग्रेस दार्चुलाका नेता कार्यकर्ता र शुभचिन्तकहरूले विजयोत्सव मनाइरहेका छन। स्रोतका अनुसार मन्त्री बडूले २४४१  मत प्राप्त गर्नुभएको छ। 

रामचन्द्र पौडेल समुहबाट मन्त्री बडूले केन्द्रीय सदस्य पदमा निर्वाचन लड्नुभएको थियो । यसअघि पटकपटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका कानुन मन्त्री बडू २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएको थियो । कानुन मन्त्री बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्री बन्नुभएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री बन्नुभएका मन्त्री बडू २०६२र६३ सालको जनआन्दोलन पश्चात गठन भएको सरकारको सूचना तथा संचार राज्यमन्त्री बन्नु भएको थियो । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जन्मिनुभएका बडूको जन्म २००९ सालमा भएको हो ।

यसअघि १३ औं महाधिवेशनबाट समेत केन्द्रीय सदस्य रहनुभएका नेता बडू नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोहोरिएसंगै कांग्रेस दार्चुलामा खुसीयाली छाएको छ।

 

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?