काँग्रेसमा देउवालाई दुईतिहाइ, सुदूरपश्चिमबाट सभापतिसहित १७ जना

दार्चुला । कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो।

मतदानको १० दिनपछि बिहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताउनुभयो । १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखरप्रसाद कोइराला पक्षका हुन्।

निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए। कांग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन्। विधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेछन्।

त्यससँगै केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ। निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको समिति सचिव केशव रिजालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

देउवाको गृहप्रदेश सुदूरपचिमबाट सभापति, सहमहामन्त्री र सदस्य गरी केन्द्रीय समितिमा १७ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?