नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशन पुस २३ गते हुने, सात वटा उपसमिति गठन

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाको आठौँ जिल्ला अधिवेशन यही पुस २३ गते हुने भएको छ । आइतबार खलंगामा बसेको एमाले जिल्ला अधिवेसन आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीको निर्णय अनुसार पुस २३ गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो ।

अधिवेशन आयोजना गर्न विभिन्न सात वटा उपसमिति गठन गरिएको एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको संयोजकत्वमा अधिवेसन मूल व्यवस्थापन समिति र प्रतिबेदन मस्यौदा समिति गठन गरिएको छ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य जहेन्द्र ऐतवालको संयोजकत्वमा आर्थिक समिति, जिल्ला कमिटी सचिवालय सदस्य भगत सिंह ऐतवालको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति गठन गरिएको छ ।

जिल्ला कमिटी उपसचिव चरण सिंह बुढाथोकीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रचार प्रसार विभाग प्रमुख खडक बडालको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको एमाले दार्चुलाले जनाएको छ । आइतबार अधिवशेन आयोजक कमिटी अध्यक्ष रामदत्त जोशीको अध्यक्षता तथा पूर्वमन्त्री, एमाले पोलिटब्युरो सदस्य, प्रदेश सहइन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बसेको बैठकले तयारीका लागि उपसमिति गठन गर्दै पुस २३ गते दार्चुला सदरमुकाम खलंगामा जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले बताउनुभयो ।

जिल्ला अधिवेसनको मिति घोषणा भएसंगै नेताहरु नेतृत्व लिनका लागि छलफल गर्न थालेका छन् । स्रोतका अनुसार एमाले दार्चुलाको अध्यक्ष पदका लागि मात्रै आधादर्जन बढी नेताहरुले दाबी गरिरहेका छन् ।

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?