दार्चुला । नेकपा (एमाले) दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा मतदाता धन्यबाद तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मतदाता धन्यबाद अभियान अन्तरगत शनिबार मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो । मङ्सिर २० गतेदेखि सुरु भएको अभियान अन्तरगत सबै स्थानीय तहमा पुगेर कार्यकर्ता भेटघाट तथा मतदाता धन्यबाद सभाको आयोजना गरिएको उहाँले बताउनुभयो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साथ दिदै नेकपा (एमाले) लाई माया गरि मतदान गर्नु हुने सम्पूर्ण पालिकाका मतदाताहरुलाई भेटेर सामुहिक रुपमा धन्यबाद ज्ञापन गरिएको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभयो । प्राविधिक कारणले पराजित भएपनि सम्मानित मत पाएकोले मतदातालाई धन्यबाद ज्ञापन गर्न भेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । दार्चुलामा प्रतिनिधिसभा र प्रदेशसभाको दुबै क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
एमाले दार्चुलाले आयोजना गरेको मतदाता धन्यबाद कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश सभा उम्मेदवार एबं प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशी र हरदेब जोशी, जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायत प्रदेश र जिल्ला कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा चुनावी समिक्षा र मतदाताहरुलाई धन्यबाद ज्ञापन गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।
सबै पालिकामा मतदाता भेटघाट तथा कार्यकर्ता भेला सम्पन्न भएसंगै मङ्सिर २५ गते आइतबार जिल्ला कमिटी बैठक बस्ने बताइएको छ । जिल्ला कमिटी बैठकमा पालिकाहरुबाट प्राप्त सूझाबहरुको आधारमा निर्वाचनको समिक्षा गर्दै हारको कारण पहिल्याउने र अगामी रणनीति तयार गरिने उहाँले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया