दार्चुला । समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेशले ५ जना सांसद पाउने भएको छ । ती पाँच जनामध्ये कांग्रेसले ३ जना सांसद बनाउँदा एमाले र माओवादी केन्द्रले एक एक जनालाई सांसद बनाएका छन् ।
कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपानेले समानुपातिक तर्फबाट सांसद बन्ने अवसर पाएका छन् । बाजुराका महासनाइ नेपालीलाई पनि कांग्रेसले समानुपातिक तर्फबाट समेटेको छ । देउवा डडेल्धुरा र न्यौपाने कैलालीबाट सिफारिस भएका थिए ।
माओवादी केन्द्रले कैलालीकै रुपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयाल बहादुर शाहीलाई समेट्यो । माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन् । राष्ट्रिय दल बनेका सात पार्टी मध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका चार जना मात्रै सांसद भए ।
मुलुकभर सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो । सुदूरपश्चिम प्रदेशलाई समानुपातिकमा उपेक्षा गरिएको भन्दै प्रमुख राजनीतिक दल र शिर्ष नेताहरुको आलोचना भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया