रवि लामिछाने मन्त्री र पार्टीको सभापति पनि नरहने

दार्चुला । रवि लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतः खारेज हुने भएको छ। नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ। लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य भएका छन्। त्यस्तै सांसद र मन्त्री हुन पनि अयोग्य भएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिक हुन अयोग्य व्यक्ति पार्टी सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको बताउनुभयो । ‘उक्त पार्टीका सभापति रवि लामिछानले अमेरिका नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिएको छ। सर्वोच्चको अदालतको व्याख्याले रवि लामिछाने यतिबेला नागरिकताविहीन बनेका छन्। पार्टी दर्ता गर्दा लामिछानेले पेश गरेको नागरिकता मान्य नहुने भएपछि उक्त पार्टीको सभापति पद समेत रिक्त भएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, अब उहाँहरूको पार्टीले सभापति छान्नुपर्नेछ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर भएको फैसला सुनाएको हो। उक्त फैसलासँगै लामिछानेले नेपालको नागरिकता लिन चाहे पुनः प्राप्तिको प्रक्रियामा जानु पर्ने हुन्छ।

सम्बन्धित समाचारः रवि लामिछानेको सांसद् पद खारेज, मन्त्री हुन अयोग्य, चितवन–२ मा उपनिर्वाचन हुने

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?