एमालेले तोक्यो ६ प्रदेशका इन्चार्ज, सुदूरपश्चिम प्रदेशमा छविलाल विश्वकर्मा

दार्चुला । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार (हिजो) पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू तोकेको हो ।

बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रूपमा गोकर्ण विष्ट, मधेस प्रदेशको इन्चार्जको रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जको रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो । बाग्मती प्रदेशको भने केन्द्रीय कार्यालयले नै विशेष कामको संयोजन गर्ने एमालेले जनाएको छ ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय सङ्गठन विभागको प्रमुखको रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएको र प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव स्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र सङ्गठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकेको छ ।

एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरेफेर गर्दै सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?