एमालेमा दार्चुला इन्चार्जको जिम्मेवारी बोगटी र कैलाली इन्चार्जको जिम्मेवारी ठगुन्नालाई (सबै जिल्लाको हेर्नुहोस्)

दार्चुला । नेकपा (एमाले) ले पार्टी नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । निलम्बनमा परेका टोपबहादुरबाहेक छ वटा केन्द्रीय सचिवलाई छ वटा प्रदेशमा इन्चार्जको जिम्मेवारी दिएको छ।

शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी सचिवालय बैठकले दार्चुला जिल्ला इन्चार्जको जिम्मेवारी सहदेब बोगटीलाई दिएको छ । हालसम्म दार्चुला इन्चार्ज समेत रहनुभएका पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई पार्टीको कैलाली इन्चार्जको जिम्मेवारी दिइएको छ। नेता ठगुन्ना एमालेको पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज समेत हुन ।

एमालेले यो भन्दा पहिले संचालन गरेको मिसन ग्रासरूट अभियानमा समेत नेता ठगुन्नालाई कैलालीमै खटाएको थियो । यस्तै अन्य सबै जिल्लामा पनि जिल्ला इन्चार्ज तोकिएको एमालेले जनाएको छ ।

नौँ जिल्ला रहेको सुदूरपश्चिमको बझाङमा राजेन्द्र सिह रावल, डोटीमा लिला भण्डारी, अछाममा लालबहादुर थापा, बाजुरामा भैरव बहादुर सिह, कंचनपुरमा नारदमुनी राना, कैलालीमा गणेश सिह ठगुन्ना, डडेल्धुरामा गौरी ओली, बैतडीमा निरु देबी पाल र दार्चुलामा सहदेब बोगटीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?