दार्चुला । बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या गरेको आरोपमा एक युवा समातिएका छन्। आज (बिहीबार) धनगढीको बसपार्कबाट कैलाली प्रहरीको मोबाईल टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा रनसिंह ऐडी रहेका छन्। उनलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा पक्राउ गर्न बाजुरा प्रहरीले पत्राचार गरेको थियो।
सोही अनुसार कैलाली प्रहरीसहित अनेरास्ववियु कैलाली र राष्ट्रिय युवा संघ नेपालको सहयोगमा उनलाई समातिएको बताइएको छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा चेतनको विभत्स हत्या भएको थियो। उनी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षसमेत थिए।
घटनापछि फरार रहेका उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको खुलेको छ। उनी घटना घटाउने मुख्य पात्र भएको प्रहरीको दाबी छ।
मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका(७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो। घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ। उनीहरुमध्ये अझै केही फरार रहेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया