दार्चुला । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
संसदीय सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
त्यसपछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । ८ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया