दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आज शोक बिदा दिएको छ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिँहसहित श्रीमती र भाउजुको मंगलवार (हिजो) गाडी दुर्घटनामा मृत्यु भएपछि प्रदेश सरकारले बुधवार शोक बिदा दिएको हो। मन्त्री सिंहको मंगलवार कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।
उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना भएको थियो। मन्त्री सिंहका अङ्गरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया