दार्चुला । एमाले सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन् । जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उहाले आत्मकेन्द्रीत सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
इञ्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राख्नुभयो । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्’, उहाले भन्नुभयो, ‘संगठनका सदस्यहरुले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’
पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाई थियो ।
बैठकमा जनवर्गीय संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भत्र्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गर्नुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं स्कूल विभागको प्रदेश समन्वय इञ्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौति रहेको औंल्याउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया