दार्चुलामा योजना थुप्रै परे पनि सांसदका योजनाहरू नपरेको कांग्रेस प्रमुख सचेतक धामीको गुनासो

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आजबाट बजेटमाथिको छलफल सुरु भएको छ । असार १ गते सरकारले ल्याएको बजेटमाथि आजबाट छलफल सुरु भएको हो ।
बजेटमाथिको छलफलका क्रममा कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र दार्चुलामा थुप्रै योजना परे पनि सांसदका योजनाहरू नपरेको गुनासो पोखेका हुन् ।

‘दार्चुला जिल्लामा पनि बजेट प्रशस्त गएको छ तर, सांसदले बोलेका कुराहरू हुन सकेको छैन । आगामी दिनमा यस्ता कुरा हुन नदिने वातावरण सृजना हुनुपर्छ’ उनले बजेट माथिको छलफलमा भनेका थिए ।

धामीले बजेट निर्माण प्रक्रियामा सांसदहरूको प्रत्यक्ष भूमिका हुनुपर्ने बताउनुभयो ।

‘सांसद प्रत्यक्ष भूमिकामा बजेट निर्माणको व्यवस्था भएको भए यो समस्याको अन्त्य हुने थियो ’ उहाले भन्नुभयो । नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि बजेटमा गुनासो आएको धामीको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?