आधा दर्जन कार्यकर्ता नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रवेश

दार्चुला । मार्मा गाउँपालिकामा आधा दर्जन कार्यकर्ता नेपाली काग्रेश परित्याग गरि नोल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको दाबी गरिएको छ ।

तत्कालीन लटिनाथ गाविसमा नेपाली काग्रेसका पूर्व पार्टी उपसभापति एवं मार्मा गाउँपालिका वडा नम्बर ३ सल्लेथुमका स्थानीय रघुबीर विष्ट सहित आधा दर्जन काग्रेसका क्रियाशिल सदस्यहरु नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा मार्मा गाउँपालिका कमिटि अध्यक्ष नरबहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा मार्मा गाउँपालिका कमिटिले बुधबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पार्टीमा स्वागत गरेको छ । नेकपा प्रवेश गर्नेहरुमा रघुबिर बिष्ट, नरेन्द्र विष्ट, केशव विष्ट, नन्दनसिह धामी, वडा नम्बर ४ का गोपालसिह विष्ट रहेका छन् ।

उनीहरुलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, नेकपा मार्मा गाउँपालिका सह इन्चार्ज धिरेन्द्रसिह धामी, नेकपा मार्मा गाउँपालिका कमिटि अध्यक्ष नरबहादुर विष्ट, नेकपा जिल्ला कमिटी सदस्य इन्द्रसिह विष्ट लगायतले टिका लगाएर स्वागत गरेको अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?