दार्चुला । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।
पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए ।
स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उहाँलाई नेपालगन्ज लगिएको छ । उहाँलाई सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिनुभयो । आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको बताइएको छ । अहिले नेपालगन्ज मेडिकल कलेजमा उहाँको उपचार सुरु भइसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया