कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

दार्चुला । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।

सनाखतमा कार्कीको पक्षमा बहुमत पुगेसँगै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरेका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

खापुङले केहीबेरमै मुख्यमन्त्री कार्कीलाई नियुक्तिपत्र प्रदान गर्नेछन्।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए। शुक्रबार दुवैजनाको पक्षमा ४७-४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान सनाखतका लागि बोलाएका थिए।

कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?