सुदूरपश्चिममा विकासको ढोका खुलेको परराष्ट्रमन्त्री साउदको भनाई

दार्चुला । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिममा विकासको ढोका खुलेको बताउनुभएको छ । सुदूरपश्चिममा प्रयाप्त सम्भावना र अवसर रहेको भन्दै मन्त्री साउदले सोही आधारमा विकासको ढोका खुलेको बताउनुभयो ।

सोमबार राजधानीमा सुदूरपश्चिम पत्रकार समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कुनै समय सुदूरपश्चिम केन्द्रसँग सम्पर्क विच्छेद भएको अवस्थामा रहेको तर, अहिले विकासको ढोका खुलेको बताउनुभयो ।

अहिलेको बजेट प्रणालीका कारण नयाँ ठाउँमा पूर्वाधारको विकास गर्न बजेटको अभाव रहेको बताउँदै उहाँले विकास निर्माणको प्रकृया अगाडि बढाउने कुरामा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। बाहिर एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र नभई थुप्रै सम्भावना र अवसर बोकेको उहाँको भनाई छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?