एमाले दार्चुलाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम खलंगामा सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । नेकपा (एमाले) दार्चुलाले बुधबार (आज) दशैँ, तिहार तथा छठ लगायत चाडपर्वहरुको अवसरमा दार्चुला सदरमुकाम खलंगामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य एबं दार्चुला ईन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, सुरक्षा निकायका प्रमुख, बिभिन्न राजनितिक दलका प्रमुख एबं प्रतिनिधि, नेकपा एमालेका नेता, कार्यकर्ताहरुसहित शुभचिन्तकहरुको सहभागिता रहेको एमाले दार्चुलाले जनाएको छ । कार्यक्रममा सहभागिहरुले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए । सायद १५ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

यसैबिच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर केन्द्रमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा देशका शिर्ष नेताहरु सहभागि हुनुभएको थियो । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सहित सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समावादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेता, नेपालमा रहेको कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।

एमालेले दशैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ । चियापान कार्यक्रममा एमालेका नेता, कार्यकर्ताको भिड लागेको थियो ।

unn.prixa.net

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?