दार्चुला । जुवाको खालबाट पक्राउ परेका गायक चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५/१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




