अपिहिमालमा वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेटको उपाधी वडा नम्बर ४ लाई

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सम्पन्न भएको वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले हात पारेको छ । अपिहिमाल गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजिकरणमा सञ्चालन भएको वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर ४ ले उपाधी जित्न सफल भएको हो ।

फाइनलमा वडा नम्बर ४ संग पराजित वडा नम्बर ३ ले उपविजेतामा चित्त बुझाएको छ । खेल टि–ट्वान्टी फरम्याट लिगकम नकआउटका आधारमा खेलाइएको थियो । अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष भएपनि अरु पालिकाबाट टिम दर्ता हुन नसके पछि पालिकाले वडा स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ७५ हजार ५५५ नगद, मेडल, प्रमाणपत्र तथा ट्रफी, द्धितिय स्थान हासिल गर्ने टिमले नगद ५० हजार ५५५ मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट, बेष्ट बलर, ब्याटर, इर्मजिङ प्लेयर, म्यान अफ दी म्याच लगायतलाई समेत सम्मानित गरिएको समितिले जनाएको छ ।

 

सायद ११ जना मानिसहरू, मञ्च, मन्दिर  र पाठ को फोटो हुनसक्छ

सायद ८ जना मानिसहरू को फोटो हुनसक्छ

सायद २ जना मानिसहरू को फोटो हुनसक्छ

सायद ४ जना मानिसहरू, बाटो  र पाठ को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू, विवाह  र मञ्च को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?