दार्चुला । कोशी सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएसँगै औपचारिकरूपमा एमाले बाहिरिएको जानकारी दिनुभयो ।
हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक/एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् ।
मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया