एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने, एक करोड बढीको श्रम हुने

दार्चुला । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । आज बुधवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यही मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको बैठकले भूकम्प प्रभावित जाजरकोटमा मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । २०७२ सालको भूकम्पपछि पनि ५० हजार स्वंसेवक परिचालन गरेका थियौँ । स्वयंसेवक पाँच हजार कार्यदिनभन्दा बढी खट्नेछन् । एक करोड रुपैयाँभन्दा बढी मूल्यको श्रम हुन्छ ।

हजारौँ टहरा बनाएर हामी फर्कनेछौँ । यो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । हामीले राहत वितरणको कामलाई पारदर्शी बनाउन सरकारसँग माग गरेका छौँ । राहत सङ्कलन भएर पनि प्रभावकारी ढङ्गले वितरण नभइरहेको, राहत एक ठाउँमा थुप्रिएको, पीडित चिसोमा भोकभोकै सुत्न बाध्य भएको गुनासो आएको छ । यसमा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएका छौँ ।’

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?