डाक्टर ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम, गिनिजमा नाम लेखाउन सफल

दार्चुला । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात २०८० असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्।

फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक (Most Viewers for a Cardiovascular Health Awareness Livestream on Facebook) भन्ने शीर्षकमा डा ओममूर्तिले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन्।

असोज १२ गते साँझ ७स्१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।
डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।

लाइभ प्रस्तुतिपछि गिनिज वर्ल्ड रेकर्डुका सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। यद्यपि, डा. ओममूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको छ। सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सन्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको छ । डा ओममूर्तिले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।स्वास्थ्यखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?