राष्ट्रिय सभाका अध्यक्षसहित सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाँदै

दार्चुला । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राति अष्ट्रेलिया जाने भएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति ११ः३० बजेको मलेसियन एअरको जहाजमा त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

संयृुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को संसद सहयोग परियोजना अन्र्तगत अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। युएनडिपी नेपाल र संघीय संसद सचिवालयबीच समझदारी भई संघीय संसद र प्रदेश सभाहरुमा संसद सहयोग परियोजना सञ्चालित छ ।

प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिनासहित सुदुरपश्‍चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका उपसभामुख बबिता कुमारी राउत ईशर, बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी छन् ।

यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष तिमल्सिनाकास्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधीमण्डलमा समावेश छन् ।

भ्रमण सम्पन्न गरी अध्यक्ष तिमल्सिना मंसिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य मंसिर १६ मा नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?