दार्चुला । नेकपा एमालेको मध्यपहाडी लोकमार्गअन्तर्गत शुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज दैलेख पुग्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउदै मंसीर १४ गते शुरु भएको १५४ किलोमिटर लामो यात्रा चौथो दिन आइतबार दैलेख पुग्ने भएको हो । टोली गएराति अछामको मंगलसेनमा बास बसेको थियो ।
आज कर्णाली प्रदेशको दैलेखस्थित राकममा आमसभा हुने भएको छ । एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले दैलेखका जम्बुकाँध, चगत्रा र श्रीस्थानमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने ओलीले श्रीस्थानमा पेट्रोलियम उत्खनन कार्यको अवलोकन पनि गर्नुहुनेछ ।
यात्राका क्रममा एमालेले मध्यपहाडी लोकमार्गको दूरी घटाउने उद्देश्यले सर्वेका लागि ईञ्जिनीयरहरुको टोली पनि सँगै लगेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया