दार्चुला । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।
छातीमा असहज महशुस भएपछि गृहमन्त्री श्रेष्ठलाई मंगलबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनुभएको हो ।
उहाँको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जिओप्लास्टी सर्जरी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
डा. अरुण मास्केसहितको चिकित्सक टोलीले उक्त सर्जरी गरी अहिले आईसीयूमा उपचाररत श्रेष्ठको अवस्था स्थिर रहेको जनाइएको छ ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया