इजरायलले गरेको आक्रमणबाट एक सय ११ प्यालेस्टाइनीको मृत्यु

दार्चुला । इजरायलले गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पु¥याएको जनाएको छ ।

गाजा शहरको केन्द्रमा रहेको अल–दराजमा एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

यसैगरि गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० मेडिकल स्टाफलाई लगेकोे मन्त्रालयले जनाएको छ ।

इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?