एमाले सुदूरपश्चिमका ९ जना सांसदले गरे जाजरकोटका भूकम्प पीडितलाई आर्थिक सहयोग

दार्चुला । जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आर्थिक सहयोग गरेको छ।

आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रुपैँया सहयोग गरिएको बताउनुभयो।

यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलित गरेर सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत भूकम्प प्रभावितलाई पठाइएको हो।एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?