दार्चुला । नेकपा (एमाले) दार्चुलाको नवौं जिल्ला अधिवेसन यहि पुस १८ र १९ गते आयोजना हुने भएको छ । दार्चुला सदरमुकाम खलंगामा आयोजना हुने जिल्ला अधिवेसनको पुर्वसन्ध्यामा एमाले दार्चुलाले शनिबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेसनको लोगो सार्वजनिक गरेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा दार्चुला इन्चार्ज सहदेब बोगटीले पत्रकार सम्मेलनका बिच लोगो सार्वजनिक गर्नुभयो ।

लोगोको पृष्ठभूमिमा अपिहिमाल र अग्र भागमा मालिकार्जुन धामसंगै व्याँस गाउँपालिका वडा नम्बर १ मा निर्मित राष्ट्रिय स्तम्भ समेत राखिएको छ । अधिवेसनको तयारीबारे बोल्दै एमाले दार्चुलाका इन्चार्ज बोगटीले नवौँ जिल्ला अधिवेसन एकता र समृद्धिको सन्देशसहित नेतृत्व चयन गर्दै सम्पन्न हुने जानकारी दिनुभयो । दार्चुलाका ६१ वडामै पुस १४ गते एकसाथ अधिवेसन प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो ।

एमाले दार्चुलाका जिल्ला अध्यक्ष पे्रमसिंह धामीले एमाले दार्चुलाको नवौं जिल्ला अधिवेसन पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । मुख्यगरी एमालेलाई एकढिक्का बनाएर जनाताको माँझमा अझै स्थापित गर्ने लक्ष्य सहित अधिवेसनको तयारी भइरहेको उहाँले बताउनुभयो । अधिवेसनलाई सम्पन्न गर्न मूल आयोजक समितिसंगै विभिन्न उपसमिति समय चयन गरिएका छन् । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजीत गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ भन्ने मूल नाराका साथ संगठन सुदृढिकरण र एकताको सन्देश प्रवाह गर्ने गरी अधिवेसनको आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो ।

एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष एबं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्रीय पदाधिकारीहरुलाई आमन्त्रण गरिएको एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले बताउनुभयो ।

सायद नक्सा  र पाठ को फोटो हुनसक्छ

यसैबिच पत्रकारसम्मेलनमा बोल्दै एमाले नेताहरुले प्रदेशसभा र प्रतिनिधिसभामा दार्चुलामा एमाले पराजित भएकै कारण विकास निर्माणका कामहरुमा अवरोध भइरहेको धारणा राखेका छन् । एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले दार्चुला तिंकर सडकमा बजेट कटौती हुनु, गोकुलेश्वर विमानस्थल निर्माण कार्यले तिब्रता नपाउनु, अरु थुप्रै विकास निर्माणका योजनाहरुको काम प्रभावित हुनु र दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सार्नुमा अहिलेको गठबन्धन सरकार र दार्चुलाबाट निर्वाचित वर्तमान सासंदहरु दोषि रहेको बताउनुभो । एमाले सरकारमा हुदा निर्माणाधिन योजनाहरु समेत सरकार परिवर्तन भएसंगै बजेट अभावका कारण अवरुद्ध भएको उहाँको भनाई छ ।

नेकपा (एमाले) केन्द्रीय सदस्य एबं दार्चुलाका इन्चार्ज सहदेब बोगटीले निर्माणाधिन दार्चुला तिंकर–सडक खण्डको आफुहरुले स्थलगत अवलोकनपछि नेपाली सेनालाई संवेदनसिल भिडियो पठाएसंगै राज्य व्यवस्था तथा परामर्श समितिमा छलफल भएको र तिंकर सडकको विभागिय मन्त्रीको टोलीले निरीक्षण गरेको दाबी गर्नुभयो । पुस २ गते व्याँस गाउँपालिकाको वडा नम्बर २ मालमा वडा कमिटीको बैठक सम्पन्न गरि वडा नम्बर ३ सिना आउने क्रममा फल्लेक कुन्तिङधारको डाडोबाट फतङगाडसम्म सडक निर्माणको अवस्था अवलोकनसंगै जोखिमपूर्ण यात्रा गर्नुपरेको स्मरण गर्दै उहाँले बाटोको अवलोकनसंगै जोखिमपूर्ण यात्रा गरेपछि स्थलगत भिडियो सामाग्री नेपाली सेनालाई पठाएर यो सडक निर्माणको काम प्राथमिकताका साथ गर्न अनुरोध गरिएको बताउनुभयो ।

चालू आर्थिक वर्षमा तिंकर सडक खण्ड निर्माणका लागि सरकारले नेपाली सेनालाई १४ करोड रुपियाँ मात्रै बजेट दिएको छ । तुसरपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएपनि भगौलिक कठिनाइ र बजेट अभावमा उल्लेख्य काम हुन सकेको छैन् । बजेट नबढ्ने हो भने तिंकरसम्म सडक पुर्याउन दशकौँ लाग्नसक्ने अवस्था छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएपनि सरकार परिवर्तन भएपछि बजेट घट्दै गएको नेता हरदेब जोशीले बताउनुभयो । वर्तमान सरकारले बजेट थपेर भएपनि तिंकर सडक प्राथमिकताका साथ निर्माण गर्नुपर्ने उहाँको भनाई छ । एमालेले अधिवेसनको लोगोमा समेटेको व्याँस गाउँपालिका वडा नम्बर १ मा निर्मित राष्ट्रिय स्तम्भको अहिलेको सरकारले उद्घाटन समेत गर्न नचाहेको एमाले नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?