दार्चुला । नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता हुनुभएको छ ।
शुक्रबार उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गर्नुभएको हो ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन हिजो आउनुभएका जयशंकरले काठमाडौं अबतरणलगत्तै उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । यसबीचमा उहाँ आयोगको बैठकमा सहभागी हुनुभयो ।
आयोगको बैठकपछि नेपाल र भारतबीच विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएका थिए ।
उनी बिहीबार बिहान काठमाडौं आएका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया