अनेरास्ववियु दार्चुलाको विस्तारित बैठक सम्पन्नः विद्यार्थी महोत्सव देखि जागरण अभियान सम्मको तयारी

दुर्गादत्त मिश्र, दार्चुला । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य आन सिह बडालको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा विस्तारित बैठक सम्पन्न भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तहहरुका प्रतिनिधिहरुसंग अन्र्तरकृया गर्ने,पालिकास्तरीय वादविदाद प्रतियोगिता आयोजना,दुहुँ लेकम,मार्मा विद्यार्थी प्रतिभा पहिचान तथा जागरण अभियान देखि  विद्यार्थी महोत्सव २०८१ आयोजना गर्ने सम्मको कार्ययोजना तयार पारेको छ ।

यस्तै लगातार दुइ बैठकमा उपस्थित नहुने १८ जना जिल्ला कमिटी सदस्यहरुलाई कमिटीबाट विदाई गर्नुका साथै जिल्ला कमिटी सचिव पदमराज जोशी रोजगारीका लागि जिल्ला बाहिर गएपछी सचिवको सम्र्पुण जिम्मेवारी कमिटी कोषाध्यक्ष खडक सिंह ठगुन्नालाई प्रदान गर्ने निर्णय गरिएको छ ।  बैठकले २०८१ मंसिर देखि चैत्र सम्मको ५ महिने कार्ययोजना समेत तयार पारेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?