वाईसीएल दार्चुलाका इन्चार्ज सुरेन्द्र बम कांग्रेस प्रवेश

दुर्गादत्त मिश्र, दार्चुला । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसीएल दार्चुलाका जिल्ला इन्चार्ज सुरेन्द्र बहादुर बम नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

दुहुँ गाउँपालिका वडा नम्बर–५ घर भएका इन्चार्ज बमले सोमबार (आज) एक कार्यक्रमका बिच नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको दुहुँ गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष जीत बहादुर बमले जानकारी दिनुभयो ।

दुहुँ–५ मा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार धन सिंह कुवरको जीत भएपछि दुहुँ कांग्रेसले पासुमा आयोजना गरेको विजयीसभामा बमले कांग्रेस प्रवेश गरेको बताइएको छ ।

वाइसीएल जिल्ला इन्चार्ज बमलाई नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहरा, सचिव पुलेन्द्र बहादुर कार्की, महाधिवेशन प्रतिनिधि गणेशराज भट्ट लगायत कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले पार्टीमा स्वागत गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?