डिलाशैनीका प्रवक्ता घर फर्किए, एमाले प्रवेस गर्ने १२ जनालाई नेताहरूद्वारा स्वागत (नामावली)

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका यज्ञ राज भट्टसहितका नेताहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर वडा नम्बर ५ मा विजयी डिलाशैनी गाउँपालिका प्रवक्ता भट्टसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् । एमालेकै भातृ संगठन अनेरास्ववियुबाट राजनीति सुरू गरेका भट्टले एमालेमा पुन: सक्रिय भएको बताउनुभयो ।

डिलासैनीमा आयोजित दुई दिने पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा आइतबार नेताहरुलाई स्वागत गरिएको एमाले बैतडीले जनाएको छ । एमालेमै फर्किनेहरूमा प्रवक्ता भट्ट, नेताहरू प्रजावती जोशी, बिरेन्द्र नाथ, तेजराज जोशी, पूर्व क्षेत्रपाल गणेश बहादुर बोहरा छन् । यस्तै नेपाली काङ्ग्रेसबाट डिलासैनीको वडा नम्बर २ बाट २०७४ को निर्वाचनमा उमेदवार रहनु भएका राजेन्द्र जागरी, प्रेम सिंह धामी, बिर दत्त जोशी, माओवादी केन्द्रबाट जिल्ला कमिटी सदस्य जनक सिंह धामीसहित खडक सिंह धामी, अम्मर सिंह धामी, बिर सिंह धामीले एमालेमा प्रवेश गरेको विद्यार्थी नेता दिव्यबिर योगीले बताउनुभयो ।

एमालेमा प्रवेश गरेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य तथा बैतडीका इन्चार्ज लिलाधर भट्ट, जिल्ला कमिटी अध्यक्ष नरेश बिक सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पाल लगायतका नेताहरुले स्वागत गरेका छन् । हिजो देखि गाउँपालिकाको केन्द्र धामीगाउँमा सुरु भएको एमालेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न हुनेछ ।

स्वतन्त्रबाट वडाअध्यक्षमा निर्वाचित भट्टले एमालेमा सक्रिय भएसंगै राजनीतिक जीवनको खुसीको दिन भएको प्रतिक्रिया दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भट्टले जनताको प्यारो पार्टी नेकपा (एमाले) मा औपचारिक रुपमा पुन:सकृय भएको उल्लेख गर्नुभएको छ। एमालेमा सक्रिय हुनु जनता माथिको धोका नभई जनताका हक, अधिकार लाई अझ बढी सुरक्षित गर्ने र जनताको म प्रतिको अपेक्षालाई अझै राम्रो संग पूरा गर्ने योजना र तयारी भएको उहाँको भनाइ छ । पार्टीमा सक्रिय हुने वातावरण बनाउने एमाले बैतडीका नेताहरूलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?