एमाले दार्चुलाद्धारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण

दार्चुला । नेकपा एमाले दार्चुलाले स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधीहरुलाई एक दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पुष १३ गते शनिवार जिल्ला सदरमुकाम खंलगा स्थित महाकाली नगरपालिकाको सभाहलमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा दार्चुलाका नौं वटै स्थानीय तहहरुमा निर्वाचित नगर प्रमुख, उप–प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरु, वडा अध्यक्षहरु, गाउँ तथा नगर कमिटी अध्यक्षहरु, जिल्ला कमिटीले तोकेका इन्चार्जहरु, कार्यपालिका सदस्यहरुलाई प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा स्थानीय तहहरुसंगको सहकार्य, अगामी रणनीती, कार्ययोजनाका बारेमा छलफल गर्नुका साथै पाँच वटा समुहरुबाट विभिन्न समूहगत निर्णयहरु समेत पारित गरिएको सचिव जोशीले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता एंव एमाले पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य हरदेब जोशी, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण जैशी, प्रदेश कमिटी सदस्यहरु मेहन सिंह धामी, कृष्ण सिंह धामी, विजय सिंह धामी, हिरा सिंह धामी र गौरी बडालको बिशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै एमाले दार्चुलाले आइतवार आज सचिवालय बैठक राखेको सचिव जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?