७१ जिल्लाका भूमि आयोगका अध्यक्षहरूले लिए शपथ, दार्चुलामा लाल सिंह धामी नियुक्त

दार्चुला । सरकारले ७१ जिल्लामा भूमि आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गर्नुभएको हो ।

सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५, जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको थियो । दार्चुला जिल्ला भूमि आयोगको अध्यक्ष मालिकार्जुृन गाउँपालिकाका वडा नम्बर ३ का लालसिंह धामी नेपाली कांग्रेशको भागबाट नियुक्त भएका छन् । धामी यसअघि पनि आयोगको जिल्ला अध्यक्ष नियुक्त भएका थिए । यस्तै बैतडीको अध्यक्षमा रमेश दत्त पाण्डेय नियुक्त भएका छन् ।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूको शपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने बताउनुभयो । आयोगको ३ वर्षे कार्यकालमा भूमि समस्या स्थायीरूपमा समाधान हुने उहाँले बताउनुभयो ।

भूमि र सहकारी क्षेत्रको समस्या समाधान वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गर्नुभयो । संसदमार्फत ऐन ल्याउँदा लामो समय लाग्ने र समस्या समाधानमा विलम्ब हुने देखेर सरकारले फास्ट ट्र्याकमार्फत ऐन ल्याएको उहाँको दाबी छ। भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायीरूपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।

सबै जिल्ला अध्यक्षहरुको सूचि हेर्नुहोस

https://drive.google.com/file/d/1ZF43eHIzG5Tp3jn2coSwKzX1vg5o1UnO/view

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?