लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतको आदेश

दार्चुला । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएको थियो ।

गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गएको बिहीवार जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?