दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (एमाले) का प्रमुख चार वटा जनबर्गीय संगठनहरूको पालिका अधिवेशन सम्पन्न भएको छ । बिहीबार (आज) डिलाशैनीमा आयोजित भेलाबाट अनेरास्ववियु, युवा संघ, किसान महासंघ र मुक्ति समाजको अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
एमाले जिल्ला कमिटी सदस्य तथा जनबर्गीय संगठनका डिलाशैनी संयोजक नरेन्द्र नाथको अध्यक्षतामा आयोजित अधिवेशन भेलामा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी इन्चार्ज लिलाधर भट्टको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको बिशिस्ट आतिथ्यता रहेको थियो । अधिवेशनबाट प्रेम सिंह धामीको अध्यक्षतामा ४९ सदस्यीय किसान महासंघ, रमेश मालको अध्यक्षतामा १७ सदस्यीय अनेरास्ववियु, तेजराज जोशीको अध्यक्षतामा ४१ सदस्यीय युवा संघ र उत्तम औजीको अध्यक्षतामा मुक्ति समाजको पालिका कमिटी चयन गरिएको छ ।
उक्त कार्यक्रममा चार दर्जनबढी कार्यकर्ता र शुभेच्छुकले नेकपा (एमाले) मा प्रवेश गरेको बताइएको छ । डिलाशैनीको वडा नम्बर ७ का निर्वाचित वडाअध्यक्ष प्रकाशमणी भट्ट, वडा सदस्य गणेशसिंह धामी, वडा नम्बर ६ बाट ०७४ मा निर्वाचित सदस्य कुमार लुहारसहित ३५ जनाभन्दा बढीले एमालेमा प्रवेश गरेको कार्यक्रमका अध्यक्ष नरेन्द्र नाथले बताउनुभयो । नवप्रवेशी कार्यकर्ताहरूलाई कार्यक्रमका अतिथिहरूले एमालेमा स्वागत गरेका छन् ।
गत महिना वडा नम्बर ५ का निर्वाचित वडाअध्यक्ष तथा डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञ भट्टसहित धेरैले एमालेमा प्रवेस गरेका थिए । एमालेबाट विद्रोह गरि २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका साथै विभिन्न राजनीतिक दलमा आवद्ध नेता, कार्यकर्ता एमाले प्रवेस गरेेको र डिलाशैनीमा पछिल्लो समय एमालेमा प्रवेस गर्नेको लहर चलेको उहाँको भनाइ छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया