मालिकार्जुन गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ । माघ ३ गते बिहीबार मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर पस्तीमा हिउँदे अधिवेशन तथा गाउँसभा सम्पन्न भएको हो ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा सञ्चालन भएको गाउँसभामा उपाध्यक्ष कल्यान सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना, गाउँसभाका सदस्य तथा जनप्रतिनिधि र कर्मचारीहरूको सहभागीता रहेको थियो । गाउँसभामा बजेट संशोधन, बेरूजुमाथि छलफल र कर्मचारी कल्याण कोष ऐन पारित भएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?