अखिल क्रान्तिकारी अनुशासन आयोग सह-संयोजक उम्मेदवार गोबिन्द मालको अपिल

दार्चुला । बैतडी घर भएका विद्यार्थी नेता गोबिन्द सिंह मालले अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय अनुशासन आयोगको सह-संयोजक पदमा उम्मेदवारी दिनुभएको छ ।

विद्यार्थीको हकहितमा काम गर्न तथा संगठनलाई मर्यादित, ब्यवस्थित, मितब्ययी, अनुशासित र उत्पादनसंग जोडिएको संगठन बनाउने प्रतिबद्धता गर्दै उहाँले मतदानका लागि अधिवेशन प्रतिनिधिहरूलाई अनुरोध समेत गर्नुभएको छ ।

विद्यार्थी नेता मालको अपिल हेर्नुहोस्
प्रतिनिधि कमरेडहरु नमस्कार अभिबादन्!
मेरो नाम गोबिन्द सिंह माल । घर सुदूरपश्चिम प्रदेश बैतडी जिल्ला डिलासैनी गाउँपालिका वडा नम्बर ६ मा पर्छ । हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको निर्वाचन प्रक्रिया अगाडि बढेको छ। मैले संगठनको अनुशासन आयोगको खुल्ला तर्फबाट केन्द्रिय सह-संयोजक पदमा उम्मेद्बारी दिएर तपाईहरुको माझमा आएको छु।

हाम्रो संगठनमा कलिलो उमेरको चेतनाको बिकास संगसंगै विभिन्न जिम्मेवारी निर्वाह गरेको छु। २०६८ सालमा सेटिगाउँ स्कुल कमिटीको अध्यक्ष हुँदै २०७० सालमा जिल्ला कमिटी सदस्य, २०७२ सालमा जिल्ला कमिटी सह-सचिव, २०७३ मा जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला संयोजक हुँदै एमालेको भातृ संगठन अनेरास्ववियुसंग एकता हुँदा बैतडी जिल्ला संयोजक त्यसपछि फेरि ९औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिवालय सदस्य हुँदै बैतडी जिल्ला इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै यहाँ सम्म आईपुगेको बिषय सबैलाई अबगत नै छ।संगठनलाई मर्यादित, ब्यवस्थित, मितब्ययी, अनुशासित र उत्पादन संग जोडिएको संगठन बनाउन प्रतिबद्द छु।

मैले हाम्रो प्यारो संगठनको अनुशासन आयोगको केन्द्रीय सह-संयोजक पदमा आफ्नो उम्मेद्बारी दिएको छु । देशै भरिका प्रिय् प्रतिनिधि कमरेडहरु मलाई अत्यधिक मत दिई बिजयी गराईदिनु हुन हार्दिक अपिल गर्दछु। तपाईले दिएको मतको निकै जतन गरेर राख्ने छु । धन्यवाद!

अभिबादन, लालसलाम!!

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?