एमाले दार्चुलाका पुर्वसचिव शेरसिंह धामी पार्टीमा सक्रिय

दार्चुला । नेकपा (एमाले) दार्चुलाका युवा नेता तथा जिल्ला कमिटी पूर्वसचिव शेरसिंह धामी पार्टीमा सक्रिय हुनुभएको छ । झण्डै दुई वर्षदेखि पार्टीमा असन्तुष्ट भइ निष्क्रिय रहेका नेता धामीले निस्वार्थ भावनाका साथ पार्टी काममा सक्रिय हुने प्रतिबद्धता जनाउनुभएको छ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्न्नासहित जिल्ला कमिटीका पुर्व पदाधिकारीहरूले पार्टी महासचिव शंकर पोखरेललाई भेटेर दार्चुलामा एमालेलाई अझै बलियो बनाउने विषयमा छलफल गरेको र तीन महिने वडा केन्द्रीत अभियानका क्रममा निष्क्रिय रहेका कार्यकर्ताहरूलाई पार्टी काममा फर्काउने योजना रहेको बताइएको छ । एमाले जिल्ला कमिटी पूर्व उपसचिव खडक बडालका अनुसार महासचिव पोखरेलसंगको भेटमा एमाले जिल्ला कमिटी पूर्व सचिव शेरसिंह धामीले पार्टीमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?